FAQs Complain Problems

ताजा समाचार

Social Security

गाउँ कार्यपालिकाको कार्यालय

Read More

जनप्रतिनिधि र कर्मचारीहरु

Read More

विमिरे चौरबाट देखिने दृश्य

Read More

गाउँ कार्यपालिकाको कार्यालय र गोटिखेल बजार

Read More

बैतरणी धाम

Read More

तामाङ्ग ल्हुङतोग गुम्बा, कालेश्वर, बतासे

Read More

महाङ्काल गाउँपालिकाको परिचय

नेपालको बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित यस महाङ्काल गाउँपालिका भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ । करीब ८२.४४ व.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिमतिर कोन्ज्योसोम र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरीएको थियो । महाङ्काल गाउँपालिकामा साविकका गाविसहरु बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविसहरु समेटेर जम्मा ६ वडाहरु कायम गरिएको छ । महाङ्कालको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सीयस र न्युनतम तापक्रम २.३ डिग्री सेल्सीयस रहेको पाईन्छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ३ वटा उमावि तह, ४ वटा मावि, ५ वटा निमावि र १७ वटा प्रावि गरी जम्मा २९ वटा शिक्षण संस्थाहरु संचालित छन् । ललितपुर जिल्लामा नयाँ गठन भएका दुई गाउँपालिकाहरुमा धेरै सम्भावना बोकेको गाउँपालिकाको रुपमा महाङ्काल गाउँपालिका त छँदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दीगो बिकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्राम्हण (पहाडी) जाति ४,५४२ जना (४८.०५%), दोस्रोमा तामाङ ३,८८१ (४१.०६%) र तेस्रोमा क्षेत्री ५८८ (६.२२%) हरुको बसोबास रहेको छ । गाउँपालिकाका केहि सुगम क्षेत्रहरुमा व्यापार व्यवसाय सञ्चालनमा रहेको छन् साथै यहाँ प्राकृतिक श्रोत तथा सामाजिक एवं धार्मिक महत्वका क्षेत्रहरु समेत रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । अध्ययनका लागि यस गाउँका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेको छैन ।

सूचना तथा समाचार.

सामाजिक संजाल

जनप्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको निवेदन
  • उपभोक्ता भेला गरेको माईन्युटको फोटोकपी
  •  उपभोक्ता समितिका अध्यक्ष ,कोषाध्यक्ष,सचिव लगायत सबै सदस्यहरुको  नागरिकताको  प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सम्बन्धि  सिफारिस
  • योजना किताब भरेको हुनुपर्ने
  • प्राविधिकले तयार गरेको लागत इस्टिमेटको  सक्कल प्रति
  • उपभोक्ता समितिको योजना सम्झौताको लागि निवेदन 
  • उपभोक्ता समितिबाट उपभोक्ता  समिति गठन गरिएको निर्णय  र योजना सम्झौता  सम्बन्धमा गरेको निर्णयको  प्रतिलिपि
  • बजेट सुनिश्चित भै योजना स्वीकृत भएको कागज
  • उपभोक्ता समितिको छाप
  • वडाकार्यालयको  सिफारिस
  • प्राविधिक ईस्टिमेट
  • भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
  • उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि
  •  
सेवा प्रकारः- योजना
सेवा समयः- १-२ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / लेखा शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित वडा कार्यालयको योजना कार्यसम्पन्न तथा भुक्तानीका लागि सिफारिस सम्बन्धि  सिफारिसपत्र 
  • प्राविधिकले तयार गरेको अन्तिम मुल्यांकन  र कार्यसम्पन्न प्रतिवेदनको  सक्कल प्रति
  • उपभोक्ता समितिको फरफारक  र रकम भुक्तानीको लागि निवेदन
  • उपभोक्ता  समितिको रकम भुक्तानी तथा फरफारकको  निर्णय  प्रतिलिपि
  • वडास्तरीय अनुगमन  र केन्द्रीय अनुगमन फारम भरेको हुनुपर्ने
  • आवश्यक बिल भर्पाइ तथा डोर हाजिरी फारम
  • डोर हाजिरीफारम अनुसारको नागरिकता प्रतिलिपि
  • श्रमिक एवं उपभोक्ता समितिबाट खरिद गरिएका सामाग्रीहरुको विवरण
  • योजना किताबमा भर्नु  पर्ने सम्पूर्ण विवरण  भरिएको हुनु पर्ने
  • कार्यालयबाट दिईएको कार्यादेश पत्र
  • उपभोक्ता समिति गठन हुदा गठन भएको अनुगमन समितिको प्रतिवेदन
  • सूचनापाटिको  फोटो र कार्य शुरुहनु पहिले ,काम हुदै गर्दाको  र काम सकीएपछिको  फोटोहरु
  • योजनाको खर्च सार्वजनिक  गरेको सार्वजनिक सुनुवाई निर्णय प्रतिलिपि
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • आफ्नै जग्गामा व्यवसाय संचालन गर्ने भए जग्गाधनि प्रमाणपत्र र अन्यत्र भए घरभाडा /जग्गाभाडा सम्झौता
  • सम्बन्धित वडाको सिफारिस पत्र
  • व्यवसाय संचालकको  पासपोर्ट साइजको फोटो २ थान   र नागरिकता  प्रतिलिपि
  • व्यवसायीले व्यवसाय दर्ताको लागि पेश गरेको निवेदन
  • अन्य कुनै निकायमा दर्ता भएको भए सो को प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय दर्ताको राजस्व तिरेको रसिद
  • व्यवसाय संचालन हुने जग्गाको मालपोत तिरेको रसिद
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • सम्बन्धित वडाको सिफारिस पत्र (समबन्धित वडामा व्यवसाय संचालन भय नभएको  खुलेको सिफारिस)
  • व्यवसायीले व्यवसाय नविकरणको लागि पेश गरेको निवेदन
  • व्यवसाय नविकरण बापत राजस्व तिरेको रसिद
  • व्यवसाय दर्ताको सक्कल प्रमाण पत्र
  • मालपोत तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
  • विनियम २ थान
  • सम्बन्धित वडाको सिफारिस पत्र
  • संचालकहरुको तिन पुस्ते विवरण
  • सहकारी दर्ताको लागि पेश गरेको निवेदन
  • स्वघोषणापत्र
  • कार्ययोजना
  • कम्तिमा ७५ प्रतिशत सदस्यहरुको सहकारी अभिमुखिकरण तालिमको प्रमाणपत्र
  • सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
  • प्रारम्भिक र दोस्रो भेलाको निर्णयको प्रतिलिपि
  • प्रारम्भिक शेयरबाट उठेको रकम बैक दाखिला गरको भौचर को नगद बुझेको जिम्मा रहेको भर्पाइ
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- कृषि /पशु शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
  • सम्बन्धित वडाको सिफारिस पत्र
  • समुह दर्ताको लागि पेश गरेको निवेदन
  • सदस्यहरुको विवरण
  • विधान ३ प्रति
  • प्रारम्भिक भेलाको निर्णय
  • कार्य योजना
  • समुह दर्ता बापत तिरेको राजस्वको रसिद
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १-३ दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

अनुसूची १ बमोजिमको निवेदन

-नागरिकता प्रतिलिपि वा बच्चाको हकमा जन्मदर्ता प्रमाणपत्र

-३ प्रति फोटो

-वडा कार्यालयको सिफारिस

-डाक्टरको रिपोर्ट / सिफारिस